च्यालेन्ज कप क्रिकेट: आइतबारको खेलमा पथरी र वि.सी.सी दमक विजयी

LikeNepal
By Like Nepal

October 23rd, 2016

च्यालेन्ज कप क्रिकेट: आइतबारको खेलमा पथरी र वि.सी.सी दमक विजयी

करन धिताल

काठमाडौ ७ कार्तिक ।  मोरङको पथरी स्थित आइतबारेमा जारी छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा पथरी–शनिश्चरे–११ क्रिकेट क्लब पथरी र दमकको बुद्ध क्रिकेट क्लब वि.सी.सी विजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत आइतबारको पहिलो खेलमा पथरीले घाइजन क्रिकेट क्लब घाइजनलाई ४ विकेटले पराजित गर्यो । ९३ रनको झिनो लक्ष्य लिएर जबाफी ब्याटिङको लागि मैदानमा उत्रिएको पथरीले १९ दशमलब ३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटायो । पथरीका लागि समुन लिम्बुले १७ रन बनाए । घाइजनका लागि अशोक सुब्वाले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङको लागि मैदानमा उत्रिएको घाइजन १९ दशमलब १ ओभरमा मात्र ९२ रनमा समेटियो । घाइजनका लागि अशोक सुब्बाले २४ रन बनाए । पथरीका लागि कमल राइले ३ विकेट लिए । खेलको म्यान अफ द म्याच पथरीका कमल राइ घोषित भए । यस्तै आइतबारनै भएको दोश्रो खेलमा दमक वि.सि.सिले आयोजक विरेन्द्रनगर क्रिकेट क्लब सेतोलाई ९९ रनले पराजित गर्यो । दमकले प्रस्तुत गरेको १ सय ५३ रनको लक्ष्य पछ्याएको आयोजक विरेन्द्रनगर सेतो १० दशमलब १ ओभरमा मात्र ५४ रनमा समेटियो ।

विरेन्द्रनगरका लागि सरवन यादवले १२ रन बनाउनु बाहेक अन्य ब्याटस्म्यानले दोहोरो अंक जोड्न सकेनन् । दमकका म्यान अफ द म्याच समेत घोषित शंकर भुजेलले ३ दशमलब १ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दमकले २० ओभर पूरै ब्याटिङ गर्दे १ सय ५२ रन जोड्यो । दमकका लागि राकेश खत्रीले ३५ तथा विर्मश राइले ३४ रन बनाए । विरेन्द्रनगरका चन्द्र राइले ३ विकेट लिए । प्रतियोगिता अन्तर्गत सोमबारबाट क्वाइटरफाइनलका खेल सरु हुनेछ ।

सोमबारको पहिलो खेलमा राष्ट्रिय टोलीका खेलाडी सिद्धान्त लोहनीको टिम इटहरीको सेभेन स्टार र दुर्गापूरी क्रिकेट क्लब,राजघाट तथा दोश्रो खेलमा डाँगीहाट क्रिकेट क्लब र न्यु दमक बिच खेल हुने प्रतियोगिता संयोजक हेमन्त ओझाले जानकारी दिए ।