शुक्रबारको खेलमा डागीँहाट र आदर्श एकेडेमी विजयी

LikeNepal
By Like Nepal

October 21st, 2016

शुक्रबारको खेलमा डागीँहाट र आदर्श एकेडेमी विजयी

 पथरी, ५ कात्तिक । करण धिताल । मोरङको पथरी स्थित आइतबारेमा जारी छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा शुक्रबारको खेलमा डाँगीहाट र आदर्श एकेडेमी विजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा डाँगीहाट क्रिकेट क्लबले आयोजक विरेन्द्रनगर क्रिकेट क्लबको रातोलाई सुपर ओभरमा पराजित गर्यो । टस हारेर पहिलो ब्याटिङ गरेको डाँगीहाट १५ दशमलब १ ओभरमा मात्र ७० रनमा समेटियो ।

डाँगीहाटको उमेश शिवाकोटीले १९ रन बनाए । विरेन्द्रनगरका लागि विपीन कार्कीले ३ दशमलब १ ओभरमा मात्र ४ रन खर्चेर ३ विकेट लिए । ७१ रनको झिनो लक्ष्य लिएर जबाफी ब्याटिङको लागि मैदानमा उत्रेको विरेन्द्रनगर पनि १३ दशमलब ३ ओभरमा ७० रनमै समेटिए पछि खेलको निर्णय सुपर ओभर मार्पmत गरिएको थियो ।

विरेन्द्रनगरका लागि सुरज पाण्डेले ३२ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटस्म्यानले दोहोरो स्कोर जोडेन्न । डाँगीहाटका प्रदिप कुमारले ४ तथा उमेश शिवाकोटीले ३ विकेट लिए । त्यसपछि, सुपर ओभरमा विरेन्द्रनगरले दिएको ६ रनको लक्ष्य पछ्याउदै डाँगीहाटले जित हासिल गर्यो ।  खेलको म्यान अफ द म्याच पनि डाँगीहाटका प्रदिप कुमार घोषित भए । यसैविच शुक्रबारनै भएको दोश्रो रोमाञ्चक खेलमा आदर्श एकेडेमी बेलबारीले ऐभरेष्ट उ.मा.वि लाई १ विकेटले पराजित गर्यो ।

ऐभरेष्टले प्रस्तुत गरेको १ सय ३७ रनको विजयी लक्ष्य आदर्शले १९ दशमलब २ ओभरमा ९ विकेट गुमाउँदै पुरा गर्यो । आर्दशका लागि खालिद अमिनले १६ बलमा विष्फोटक ब्याटिङ गर्दे ४२ रन तथा म्यान अफ द म्याच विदुर महेतराले २० रन बनाए । आर्दशका अमिनले खेलको चौथो ओभरमा ऐभरेष्टका युवराज बस्नेतको एकै ओभरमा ६ छक्का समेत प्रहार गरे । ऐभरेष्टका सन्जु लिम्बुले २ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको ऐभरेष्ट १९ दशमलब २ ओभरमा १ सय ३६ रनमा समेटिएको थियो ।

ऐभरेष्टका लागि योगेश श्रेष्ठले ४२ बलमा ५९ रन बनाए । आर्दशका महेतराले सर्वाधिक ४ विकेट लिए । कुशल चौकका लागि सुवास तामाङले ४० रन बनाए । राजघाटका सागर न्यौपानले सर्वाधिक ३ विकेट लिए । प्रतियोगिता अन्तर्गत शनिबार पनि २ खेल हुँदैछन् ।

शनिबार हुने पहिलो खेलमा संघिय युथ क्रिकेट क्लब, पथरी र न्यू स्टार क्लब, कीर्तिपुर तथा दोश्रो खेल आयोजक विरेन्द्रनगरको सेतो र दुधे क्रिकेट क्लब विच खेल हुने प्रतियोगिता संयोजक हेमन्त ओझाले बताए ।